Incident Reports

जातीय विभेद विरुद्ध प्रहरी मा उजुरी

2018-02-02

Madhes, Saptari, Shambhunath, Ward 2

दलित भएकै कारण सप्तरीको सम्भुनाथ नगरपालिका ६ कठौना बजारमा रहेको चिया पसलमा बसेर चिया खान नपौएको डुम समुदायका व्यक्तिहरुले गुनासो गरेका छन्। कठौना बजार स्थित बिरेन्द्र शाह, गणेश शाह, लक्ष्मी चौधरी , बैजु शाह, रामु शाह लगायतका चिया पसल संचालक हरुले आफुहरुलाई दलित भएकै कारण पसल भित्र बसेर चिया खान नदिएको भन्दै उहाहरुले बिहिबार प्रहरी चौकीमा निबेदन दिएका छन्। साथै पसलेहरुले त दलितलाइ पसलमा बसेर खान दिन्न भन्दै जथाभाबी उपसब्द प्रयोग गरि आफुहरुमाथि जातीय विभेद गरेको भन्दै निबेदनमा जातीय भेदभाब गर्ने पसलेहरु माथि जातीय भेदभाब तथा कसुर सजाए एनबमोजिन कारबाही गर्न समेत माग गरेका छन्।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis