Incident Reports

बालिका बलात्कार गरेको आरोपमा उजुरी l

2013-07-26

Dharendra Dangi बाबुद्वारा १२ वर्षीया छोरी बलात्कृत रोल्पा । ०७० साउन १४ गते आफ्नै १२ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा पीडितकी आमाले साउन ११ गते जिल्ला प्रहरी कार्यालय रोल्पामा उजुरी दिएकी छन् । उजुरीमा ४० वर्षीय बाबुले १२ वर्षीया आफ्नी छोरीलाई विगत एक वर्षदेखि नै पटकपटक बलत्कार गर्दै आएको उल्लेख गरिएको प्रहरीले जनाएको छ । छोरीमाथि जबरजस्ती करणी गरेको थाहा पाएपछि उनकी आमाले प्रहरीमा छोरीलाई समेत लिएर उजुरी दिएको डीएसपी ओमबहादुर रानाले बताए । आमाले छोरीमाथि साउन ९ गते यौन दुर्व्यवहार गरेको थाहा पाए लगतै प्रहरीमा उजुरी गर्छु भनेपछि आरोपित साउन १० गते बिहानदेखि फरार रहेका छन् । आफूलाई कोठाभित्र थुनेर बाहिरबाट ढोका लगाई भागेको उनका पत्नीले बताइन् । आरोपितको खोजि कार्य भइरहेको प्रहरीले बताएको छ । कसैलाई थाहा दिएमा आमाछोरीलाई नै मारिदिने धम्की दिई दुर्व्यवहार गर्दै आएको पीडित बालिकाले बताइन् । धरेन्द्र डाँगी

0 Comments

Related Reports
Related Trend Analysis