Incident Reports

News :Students vandalized and padlock BD college in Siraha

2018-02-07

Madhes, Siraha, Mirchaiya

Students of Brahmachari Damodarananda at Mirchaiya has vandalized and padlocked the college on Feb 7 demanding regular classes. According to the students, the college was indifferent to their complains regarding irregular classes. They also said that the college did not have subject teachers as well. Students have warned of the indefinite padlock in the college unless their demands are met. ब्रम्हचारी दामोदरानन्द कलेज मिर्चैयाका विद्यार्थीहरुले नियमित पठनपाठनको माग गर्दै आजदेखि कलेजमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । कलेज प्रमुख सञ्जयकुमार साहले मंगलबार कलेजमा आएर बुधबार आबश्यक छलफल गरि नियमित रुपमा कक्षा सञ्चालन गर्ने आश्वासन दिएपनि आकोशित बिद्यार्थीहरुले कलेजमा अनिश्चितकालीन तालाबन्दीसँगै तोडफोड समेत गरेका हुन् । कलेज प्रमुखको कार्यकक्षमा रहेका कुर्सी, टेबल लगायतका समानहरु बाहिर फालेर तालाबन्दी गरेको बिद्यार्थी लक्ष्मेश्बर कापरले जानकारी दिए । लामो समयदेखि नियमित रुपमा पठनपाठन सञ्चालन नभएको भन्दै पटक–पटक कलेज प्रशासनलाई जानकारी गराएपनि कुनै सुनुवाई नभएकोले बाध्य भएर तालाबन्दी गर्नु परेको अर्का बिद्यार्थी अरबिन्द सहनीले बताए । कलेज प्रमुख साहले एकलौटी रुपमा कलेज सञ्चालन गरी बिद्यार्थीको भविष्यमाथि खेलवाड गरिरहकोले तालाबन्दी गर्नु परेको अर्का विद्यार्थी रबिन साहले आरोप लगाए । आफुहरुले लामो समयदेखि कलेजको शैक्षिक, आर्थिक, व्यवस्थापकीय सुधारको माग गरेपनि कलेज प्रशासनले ध्यान नदिँदा बाध्य भएर तालाबन्दी गर्नु परेको कलेजमा अध्ययरत बिद्यार्थीहरुको भनाई रहेको छ । बिषयगत शिक्षक बिनानै आफुहरुलाई अध्ययन गर्न बाध्य बनाएको उनीहरुको आरोप रहेका छन् । कलेजले माग पुरा नगरेसम्म तालाबन्दी जारी रहने बिद्यार्थी लक्ष्मेश्बर कापरले चेतावनी दिए । मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादबले बिद्यार्थीहरुको समस्या जायज रहेकोले आबश्यक समन्वय गरि निकास दिने बताए । कलेज प्रशासनले अटेरी गरे सम्बन्धित निकायसंग छलफल गरि समस्या समाधान गर्ने समेत नगर प्रमुख यादवले स्पष्ट गरे । कलेजले आफुखुसी बिना बिज्ञापन शिक्षक भर्ना, त्रिवि नियम बिपरित मनोमानी ढंगले शुल्क बृद्धि र बिषयगत शिक्षक नराखेको जस्ता काम गर्ने गरेको बिद्यार्थीहरुको आरोप रहेका छन् । यता, कलेज प्रमुख साहसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Students , Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Mahottari

0 Comments