Incident Reports

No translation available.

2018-02-09

तुर्माखाद गाउँपालिकाको लकान्द्र गाउँ अझै शोकमै छ । पुस २४ गते राति सामाजिक अभियन्ता गौरी बुढा (२२) को छाउगोठमै मृत्यु भएको थियो । पीडाले यहाँका महिला राम्रोसँग तङ्ग्रिनै सकेका छैनन् । गाउँका सभा/सम्मेलनको जहिल्यै अगुवाइ गर्थिन्, गौरी । महिला सशक्तीकरणका क्षेत्रमा क्रियाशील उनको मृत्युले तुर्माखादका अन्य महिलाले अभिभावक गुमाएको महसुस गरेका छन् । ‘हरेक सार्वजनिक कार्यक्रममा उनकै नेतृत्वमा गाउँका महिला भेला हुन्थ्यौं,’ साथी कल्पना बुढाले भनिन्, ‘यस्तो अवस्था आउला भनेर कल्पना पनि गरेका थिएनौं ।’ असुरक्षित रूपमा छाउगोठमै बस्ने कुरा गौरीले कहिल्यै आफ्ना साथीलाई सुनाएकी थिइनन् । लकान्द्रको ठूलो बस्तीको खोला किनारमै उनको घर थियो । ‘उनी सामान्य महिला थिइनन्,’ कल्पित विकले भने, ‘छाउ हुँदा घरमै बस्छु भन्थिन् । तर, उनले पनि छाउगोठमै चोला त्यागिन् । उनको लडाइँ समाजसँग थियो । छाउपडी कुप्रथासँग थियो ।’ यहाँ महिला छाउ हुँदा मात्र होइन, सुत्केरी हुँदा पनि गोठमै बस्नुपर्ने बाध्यता रहेको भैरव माविकी शिक्षिका हीरा खड्काले बताइन् । ‘लकान्द्रमा २ सय परिवार छन् । तीमध्ये २/३ परिवारले मात्र सुत्केरी हुँदा घरमा राख्छन् । अरू सबैले छाउ र सुत्केरी हुँदा छोरी/बुहारीलाई गोठमै राख्छन्,’ उनले भनिन् । यो क्षेत्रलाई २०६४ मै छाउपडी गोठ मुक्त घोषणा गरिएको थियो । ‘गौरी सक्षम र समाजसेवी थिइन्,’ रमिला बुढाले भनिन्, ‘२/३ जना पढेलेखेका महिलामध्ये उनी पनि पर्थिन् ।’ उनका पति वीरेन्द्र बीसी प्रहरीका जागिरे हुन् । ससुरा दैलेखको टुनिबगरमा व्यापार गर्छन् । अहिले उनको घरमा सन्नाटा छाएको छ ।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis