Incident Reports

बलात्कार प्रयासको आरोपमा उजुरी l

2013-07-30

Manohar Kumar Pokharel सप्तरी । ०७० साउन १५ गते एक १२ वर्षीया बालिकालाई सितापुर गाविस-१ चाँदनी चोकका ३२ वर्षीय नागेन्द्रप्रसाद चौधरीले बलात्कार गर्ने प्रयास गरेको आरोप लगाउँदै पीडितले साउन १५ गते इलाका प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएकी छन् । पीडितले साउन १२ गते दिएको उजुरी इलाका प्रहरी कार्यालय कञ्चनपुरले सच्याएर ल्याउनु भनेकाले साउन १५ गते पुनः उजुरी दिएपछि प्रहरीले दर्ता गरेको पीडित परिवारका सदस्यले बताएका छन् । पीडित बालिकालाई साउन १० गते राति ८ बजे घरसँगै रहेको पसलमा अन्य मानिसहरू नभएको बेला आरोपित चौधरीले बलात्कारको प्रयास गरेको आरोप छ । आरोपित घटना भएकै दिनदेखि फरार रहेको सई राजेश सुवेदीले बताए । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis