Incident Reports

अज्ञात समुहद्वारा एनसेलको टावरमा आगजनी

2018-02-13

Lumbini, Bardiya, Madhuwan, Ward 2

अज्ञात समूहबाट मंगलबार मध्यरातमा एनसेलको टावरमा आगजनी गरिएको छ । मधुवन नगरपालिका—२ ओराही बजारमा रहेको उक्त टावरमा आगजनी हुँदा कार्यालय भित्र रहेको तार लगायत उपकरण जलेको प्रहरी उपरिक्षक जनक भट्टराईले जनाएका छन् । ईलाका प्रहरी कार्यालय ढोढरी, पश्चिम, कोठियाघाट प्रहरी चौकी र धनौरा प्रहरी चौकीबाट करिब २ किमी टाडा रहेको उक्त आगजनीका जानकारी बुधवार बिहान प्रहरीले थाहा पाएको हो । जिल्लामा सूचना आएपछि विहान घटनास्थलमा प्रहरी पुगेको थियो । आगजनीको जिम्मा कसैले नलिएपनि नेत्र विक्रम चन्दको नेकपा संलग्न भएको अनुमान प्रहरीको छ । आगजनी गर्नेको खोजी भई रहेको प्रहरीले जनाएको छ । केही दिन यता नेकपाले एनसेलको टावरलाई लक्षित गरि कार्यक्रम सार्वजनिक गरेपछि स्थानीय प्रशासनले सुरक्षा कडा पार्ने निर्देशन दिएको थियो । ०५२ सालमा तात्कालिन माओवादीले जनयुद्ध शुरु गरेका दिन फागुन १ गते टावरमा आगजनी गरेका हुन् । उक्त घटना सदरमुकाम गुलरियाबाट करिब २२ किमी पश्चिममा पर्द छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire , Fire
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments