Incident Reports

सुवर्णपुरमा आन्दोलन जारी, एक मोटरसाइकलमा आगजनी

2018-02-14

Madhes, Parsa, Parsa, Ward 5

पर्साको ठोरी गाउँपालिकामा सेवा केन्द्र सार्ने विषयलाई लिएर आन्दोलन अझै जारी छ । वडा नम्बर ५ सुवर्णपुरका आन्दोलनकारीहरुले आज एउटा मोटरसाइकलमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले नेवा आयल स्टोरका सन्चालक समसाद आलमको ना ४८ प ४६०० नम्बरको मोटरसाइकलमा आगजनी गरेका हुन् । आगजनीबाट मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ । आयल स्टोर बिजय बस्तिबाट पेट्रोलको ट्यांकर स्कर्टिङ गरेर फर्किदै गर्दा आन्दोलनकारीहरुले मोटरसाइकलमा तोडफोड गरी आगजनी गरेको प्रत्यक्षदर्शीले बताएका छन् । गाउँपालिकाको वडा नम्बर ५ सुवर्णपुरले सेवा केन्द्र सार्न नहुने अडान राखेको छ भने वडा नम्बर ३ मा मध्यभागमा सेवा केन्द्र हुनुपर्ने माग उठेको छ । एकपटक सुवर्णपुरबासीसँग वार्ता भएपनि समस्या समाधान हुन सकेको छैन । दुवै वडामा संघर्ष समिति नै गठन गरेर यातायात-बजार बन्द, प्रदर्शन लगायतका आन्दोलन चलिरहेको छ । गत माघ १५ गते ठोरी गाउँपालिकाको प्रथम गाउँ परिषदले वडा नम्बर ५ सुवर्णपुरमा रहेको सेवा केन्द्र वडा नम्बर ४ घ्याङडाँडामा सार्ने निर्णय गरेपछि सुवर्णपुरवासी माघ १६ गतेदेखि नै आन्दोलनमा छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire , Fire
Primary Cause Other political issues
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media , Local Newspaper - Parsa

0 Comments