Incident Reports

नवराज सिलवालको पक्षमा अदालत अगाडि धर्ना

2018-02-14

Bagmati, Kathmandu, Kathmandu, Ward 11

नवराज सिलवालविरुद्ध षडयन्त्र नगर्न दबाब दिँँदै उनका समर्थकले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र जिल्ला अदालत काठमाडौं अगाडि प्रदर्शन गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा,महान्यायाधिवक्ता बसन्तराम भण्डारी र आईपी प्रकाश अर्यालको योजनामा नियोजित रुपमा सिलवालविरुद्ध कीर्तेमा मुद्दा दर्ता गराउन खोजिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । सरकारबाट बाहिरिदै गर्दा हतार हतार सिलवालसँग बदला लिन खोजिएको भन्दै सचेत युवा समूहको नाममा प्रदर्शन गरिएको हो । सिलवालविरुद्ध महान्यायाधिवक्ता भण्डारी आफैंले मुद्दा दर्ता गराउँदैछन् । सरकारी वकिलले मुद्दा दर्ता गर्न नमानेपछि भण्डारीले प्रहरीको रोहबरमा मुद्दाको फाइलमा हस्ताक्षर गरेको स्रोतले जनाएको छ । मुद्दा दर्ताअघिनै जिल्ला अदालत बाहिर प्रहरी परिचालन गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments