Incident Reports

गाई काटेको अभियोगमा पक्राउ

2018-02-13

Province 1, Taplejung, Phungling, Ward 2

गाई काटेको अभियोगमा फुङलिङ नगरपालिका–२ अलैंचीबारी बस्ने ४५ वर्षीय शिबकुमार गुरुङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । गाई काटेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी भानुबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उक्त कार्यमा संलग्न रही हाल फरार रहेका सोही ठाउँ बस्ने ४५ वर्षीय प्रकाश राई र १६ वर्षीय जगदेब गुरुङको खोजी कार्य भइरहेको छ । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis