Incident Reports

कार्यकर्ता रिहाईको माग राख्दै वाईसीएलद्वारा जिल्ला बन्द, बन्दका क्रममा एम्बुलेन्स तोडफोड l

2013-08-01

Nepal

Sabitri Sapkota चितवन । ०७० साउन १७ गते जवरजस्ती चन्दा सङ्कलनको अभियोगमा गिरफ्तार भएका आफ्ना कार्यकर्ता छाड्न दबाब दिन भन्दै वाईसीएल चितवनले आह्वान गरेको अनिश्चितकालीन चितवन बन्दका कारण १७ गते चितवनको जनजीवन प्रभावित बनेको छ। बन्दको क्रममा बन्दकर्ताले भरतपुर नपा-१० बसपार्क चोकमा एम्बुलेन्स तोडफोड गरेका छन् । पुर्वीचितवनको पिप्लेबाट बिरामी लिएर भरतपुर आउँदै गरेको पिप्ले रेडक्रस उपशाखाको ना २ च ४४८८ नम्बरको एम्बुलेन्समा बन्दकर्ताहरुले तोडफोड गरेका हुन् । तोडफोडबाट एम्बुलेन्सको अगाडीको सिसा फुटेको छ । हेटौंडाकी २६ वर्षीया गर्भवती बिरामी महिला भवानी लामासहित अन्य तीन जना बिरामीलाई सार्वजनिक गाडीमा भरतपुर ल्याउँदै गर्दा चितवन बन्दका कारण अलपत्र परेपछि उद्दार गरेर अस्पताल ल्याउँदै गर्दा बन्द कर्ताले तोडफोड गरेको चालक कृष्णबहादुर नेपालीले बताए । त्यस्तै गरी बन्दकर्ताले बन्दको बेला कार्यालय सञ्चालन गरेको भन्दै रत्ननगरमा रहेको नेपाल टेलिकमको टाँडी शाखामा तोडफोड गरेका छन् । तोडफोडमा संलग्न रहेको भन्दै इलाका प्रहरी कार्यालय रत्ननगरले चारओटा मोटरसाईकल सहित १५ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयले १५ गते साँझ पक्राउ गरेका ६ जना विरुद्ध मुद्दा प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले बताए । सावित्री सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis