Incident Reports

बजार पुर्‍याइदिने भन्दै जंगलमा लगेर बलात्कार गर्ने दुईजना पक्राउ

2018-02-16

Sudurpashchim, Bajura, Budhiganga

बाजुराको बुढीगंगा नगरपालिका–७ की १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान घरबाट सामान किन्न बेतालमाडौं जादै गर्दा गाउँका दुईजना युवाले बाईकमा लगिदिने भन्दै किशोरीलाई बार्जुगाडु जंगलमा लगेर बलात्कार गरेको आरोप किशोरीले लगाएकी छन । बुढीगंगा नगरपालिकाका ३० वर्षीय चन्द्र विष्ट र २२ वर्षका सुनिल बिकले किशोरीलाई जंगलमा लगेर बलात्कार गरेको आरोप सहितको उजुरी किशोरीले प्रहरी कार्यालय बाजुरामा गरेकी छन । किशोरीलाई ती युवाले उनको दाईको नाम भन्दै फलानोको बहिनी होईनौँ र हामी तिमीलाई चिन्छौ हिड बाईकमा पु¥याई दिन्छौँ छिटो हुन्छ भनेर बाइकमा चढाएको किशोरीले बताएकी छन । आफू पनि छिटो पुगिने आशमा बाइकमा चढेको किशोरीले बताएकी छन । जंगल तथा होटलमा लगेर आफ्नो दुवै हात समातेर मुख थुनेर बलात्कार गरेको उनले बताएकी छन । बलात्कार पछि उनीहरुले कसैलाई भनीस भने मारिदिन्छौ भनेर धम्काएको उनले बताएकी छन । पीडित किशोरीको स्वास्थ्य परीक्षण जिल्ला स्वास्थ्य कार्यलय बाजुरामा गरिएको छ । जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक हरीबहादुर ओलीका अनुसार आरोपीत दुवै जनालाई पक्राउ गरी जवरजस्ती करणीमा मुद्दा चलाइएर अनुसन्धान थालिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments