Incident Reports

आमाको नामबाट नागरिकता दिन आयोगको सिफारिस

2018-02-18

Bagmati, Lalitpur, Bagmati

राष्ट्रिय मानव अधिकार आयोगले आमाको नामबाट प्रत्येक सन्ततिलाई नागरिकता प्रदान गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले विहीबार विज्ञप्ति जारी गरेर सरकारलाई नेपाली आमाबाट जन्मिएका सबै सन्ततीलाई सहज रूपमा आमाको नामबाट नागरिकता उपलब्ध गराउन सिफारिस गरेको हो । विज्ञप्तिमा नेपालको संविधान (२०७२) को धारा १२ ले वंशीय आधार तथा लैङ्गिक पहिचानसहितको नागरिकता प्रदान गर्न गरेको व्यवस्था तथा सर्वोच्च अदालतको फैसला बमोजिम आमाको नामबाट नागरिकताको प्रमाणपत्र लिन चाहने प्रत्येक सन्ततीलाई नागरिकता प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गर्न आयोगले सरकारलाई सिफारिस गरि पठाएको छ । आयोगले विज्ञप्तिमार्फत् नगरपालिका, गाउँपालिकालगायत स्थानीयतहबाट बेवारिसे शव सदगद गर्दा अनिवार्य रुपमा व्यवस्थित अभिलेखीकरण गर्न र बेवारिसे शव व्यवस्थापन सम्बन्धमा प्रचलित कानूनमा भएका व्यवस्था पर्याप्त नभएको हुनाले पुनरावलोकन गर्नसमेत सरकारलाई पत्राचार गरेको जनाएको छ । आमाको नामबाट नागरिकता दिइएको खण्डमा कुनै पनि नेपाली सन्तानले अनागरिक भएर बाँच्नुपर्ने छैन ।
National/Online Media

0 Comments

Related Trend Analysis