Incident Reports

स्थानीय तहका जनप्रतिनिधिलाई राजिनामा दिन धम्की

2018-02-14

स्थानीय तहका जनप्रतिनिधिलाई तत्काल राजिनामा दिन नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ताले फागुन ३ गते धम्की दिएको पीडित पक्षले जनायो । नेपाल कम्युनिष्ट पार्टीद्वारा घोषित जनसरकार प्रमुख विशाखर जैसीद्वारा फागुन २ गते हस्ताक्षर गरिएको पत्रमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख वडा अध्यक्षलाई राजिनामा दिन धम्की दिइएको छ । स्थानीय तहका जनप्रतिनिधिलाई जिल्ला जनपरिषद् कालिकोटका नाममा पत्र आएको पचाल झरना गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए । ‘जिल्ला जनपरिषदका नाममा राजिनामा दिन भन्दै पत्र आएको छ ।’-उनले भने-‘पत्रमा जनप्रतिनिधिहरूलाई धम्कीपूर्ण भाषा बोलिएको छ ।’ जिल्ला जनपरिषद् हाम्रो सत्ता भएकाले पुरानो सत्ता टिकाउने जनप्रतिनिधिलाई पत्र काटेर राजिनामा दिन आहृवान गरिएको नेपाल कम्युनिष्ट पार्टी कालिकोट जिल्ला सेक्रेटरी रणदीप ऐडीले बताए । ‘पुरानो सत्तालाई टिकाउन जनप्रतिनिधि भएका छन् ।’-उनले भने-‘हामीले खारेजीको माग लिएका कारणले उहाँहरूलाई राजिनामा दिन पहिलो चरणको पत्र काटेका हौँ ।’ जनप्रतिनिधिलाई नेपाल कम्युनिष्ट पार्टीले पत्र पठाएपछि जनप्रतिनिधिहरू त्रसित बनेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Threat/intimidation
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments