Incident Reports

विप्लवको बन्दः काठमाडौंमा सामान्य प्रभाव

2018-02-20

Bagmati, Kathmandu, Kathmandu

विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ । काठमाडौं उपत्यकामा बिहानमा अरु दिनको तुलनामा कम गाडी चलेका छन् । विराटनगरबाट विप्लव नेतृत्वको नेकपाका नेताहरुलाई प्रहरीले पक्राउ गरेको विरोधमा सोमबार बन्द आह्वान गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले सामान्य रुपमा गाडी चलिरहेको जानकारी दिएको छ । ट्राफिक प्रहरी प्रवक्ता मुकुन्द मरासिनीले अनलाइनखबरसँग भने, ‘अहिलेसम्म अवस्था सामान्य छ । अप्रिय घटना केही भएको छैन । गाडीहरु पनि चलिरहेका छन् ।’ नेकपाका नेताहरु पक्राउ परेको जिल्ला मोरङमा बन्दको प्रभाव सामान्य छ । बजार, कलकारखाना, शैक्षिक संस्थाहरु बन्द छन् । तर, छोटो दुरीका सवारी साधनहरु भने चलिरहेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments