Incident Reports

माेरङमा ४ नेकपा कार्यकर्ता पक्राउ

2018-02-20

कोशी राजमार्गअन्तर्गतको टंकी सिनुवारीमा दुईवटा सवारी साधानमा ढुंगा हानेको आरोपमा विप्लवका ४ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार, विप्लवका कार्यकर्ताले सशस्त्र प्रहरीको ट्रक र अर्को एउटा बसमा ढुंगा प्रहार गरेका हुन् । ढुंगा प्रहारबाट दुवै सवारीसाधनमा सामान्य क्षति पुगेको पुगेको छ । धनुषाको जनकपुरधाममा बन्दको प्रभाव परेको छैन । यातायातका साधन चलिरहेका छन् । निजी विद्यालयहरु बन्द भए पनि सरकारी विद्यालयहरु भने खुलेका छन् । पूर्वपश्चिम राजमार्गमा सवारी साधन चलिरहेका छन् । वीपी राजमार्गमा छोटो दुरीका सवारी साधन चले पनि बर्दिवासबाट काठमाडौंतर्फ आउने गाडी चलेका छैनन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Strike/Bandh
Primary Cause Other political issues
Actor 1 - Number of people 4
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Other Sources , Local Newspaper - Morang

0 Comments