Incident Reports

विद्यालय नआएको भन्दै प्रध्यानाध्यापकबाट विद्यार्थी कुटिए

2018-02-01

Gandaki, Gorkha, Aarughat, Ward 2

आरुघाट गाउँपालिका-२ मान्वुस्थित भवानी माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययन गर्ने सुपारे कार्कीलाई प्रध्यानाध्यापकले मरणासन्न हुने गरी कुटपिट गरेका छन् । प्रध्यानाध्यापकले विद्यालयको बेइज्जत हुन्छ भन्दै घटना बाहिर नल्याउन दबाव दिएपनि उपचार खर्च विद्यालयले व्यहोर्ने आशामा रहेको पीडित पक्षले अन्तत काठमाडौँमा फागुन ५ गते पत्रकार बोलाएर घटनाबारे जानकारी दिएको हो । माघ १८ गते प्रध्यानाध्यापक काजिराम कार्कीको कुटाइबाट विद्याथीको हातको औँला सुनिएको र रगत जमेको उनका काका सुर्यबहादुर कार्कीले जानकारी दिए । विद्यालय नआएको निहुँमा प्रध्यानाध्यापकले विद्यार्थीलाई कुटपिट गरेको उनका आफन्तले बताए । उनको उपचार काठमाडौँको कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा भर्ना गरेर अप्रेशन गरिएको छ । ‘अझै एक हप्ता हस्पिटलमै राख्नुपर्छ भनेका छन् ।’-सुर्यबहादुरले भने-‘१८ गते कुटपिटबाट हात सुन्निएपछि तातोपानी तताएर सेक्यौँ । त्यति गर्दा पनि सञ्चो नभएपछि काठमाडौँ लगेर माघ २५ गते भर्ना गरेका हौँ ।’ प्रध्यानाध्यापक काजिरामले घटना बाहिर नल्याउन दबाव दिएको पनि सुर्यबहादुरले बताए । ‘हामीले २७ गते काठमाडौँको कालिमाटी वृत्तमा उजुरी पनि दिएका छौँ । यहाँबाट गोरखाको जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउने भन्नुभएको छ,’- सुर्यबहादुरले भने। जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी भेषराज रिजालले कालिमाटी वृत्तबाट टेलिफोन गरी जानकारी प्राप्त भएको बताए । घटनाका बारेमा जानकारी लिएका काठमाडौँस्थित नयाँ पत्रिकाका पत्रकार भवानीश्वर गौतमले बालकको उपचार केहि ढिला भएको भए हातै काट्नुपर्ने अवस्था आउने भन्ने सूचना आफूले प्राप्त गरेको बताए । ‘प्रध्यानाध्यापकले ढाडमा पिटेको तर हातमा समस्या देखिएको प्रतिक्रिया दिएका छन् ।’-पत्रकार गौतमले भने । पत्रकारसँग प्रध्यानाध्यापकले धम्क्याउने शैलिमा उपचार खर्च आफूसँग माग गरेको समेत दावी गरेको पत्रकार गौतमले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public) , Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC , National/Online Media

0 Comments