Incident Reports

प्रहरीद्वारा कम्युनिष्ट पार्टीका ३२ जना कार्यकर्ता गिरफ्तार

2018-02-18

मोरङको विभिन्न स्थानबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना केन्द्रीय नेतासहित ३२ जना कार्यकर्तालाई प्रहरीले फागुन ६ गते गिरफ्तार गरेको छ । सो पार्टी निकट राष्ट्रिय युवा जनस्वयम्सेवकको तेश्रो राष्ट्रिय सम्मेलनमा भाग लिन आएका कार्यकर्तालाई प्रहरीले कार्यक्रमस्थल सहित विभिन्न स्थानबाट गिरफ्तार गरेको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी विष्णुहरी कोइरालाले विराटनगरबाट ३२ जनालाई गिरफ्तार गरिएको बताए । प्रहरीले विराटनगर बजारस्थित विप्लटमा आयोजना गरिएको कार्यक्रम नगर्न आग्रह गरेको भएपनि स्थान परिवर्तन गरी सन्सारीमाईस्थानमा कार्यक्रम गर्न लागेको अवस्थामा गिरफ्तार गरेको सो पार्टीका जिल्ला सेक्रेटेरी योगेनले बताए । प्रहरीले विराटनगरको राजवंशी चोकवाट केन्द्रिय नेताद्वय हेमन्तप्रकाश ओली र पदम राईलाई समेत गिरफ्तार गरेको योगेनले बताए । राई पुर्व राज्यमन्त्री समेत हुन । युगेनले सोधपुछ गर्नु छ भनी कार्यक्रम स्थलबाट सहभागी सवार एउटा गाडी र तीन दर्जनभन्दा बढी कार्याकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको जानकारी दिए । त्यसैगरी कार्यक्रममा सहभागी हुन आउने क्रममा कानेपोखरी, बेलवारी, केरावारी, विराटनगरको राजवंशी चोक, सुनसरीको इनरुवालगायतका स्थानबाट प्रहरीले १० वटा गाडी र त्यसमा रहेका २ सय ९३ जना कार्याकर्तालाई पनि नियन्त्रणमा लिएर विराटनगरतर्फआउन नदिएको सो पार्टीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी कोइरालाले उनीहरूलाई सोधपुछका लागि मात्र नियन्त्रणमा लिएको र सोधपुछ पछि छाडिने बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Police , Police
Actor 1 - Youth na
Actor 2 - Number of people 32
Actor 2 - Affiliation (Target) CPN (Chand) and affiliated org
Actor 2 - Youth unknown
INSEC , Local Newspaper - Panchthar

0 Comments