Incident Reports

अधिकारी हत्याका आरोपितद्वारा आफ्नो संलग्नता अस्वीकार l

2013-08-03

Ramesh Prasad Timalsina ललितपुर । ०७० साउन २० गते स्थलगत निरीक्षण गरेर मात्र समाचार सम्प्रेषण गरिदिन गोरखा जिल्ला फुजेल गाविसका आठजनाले सञ्चारकर्मीलाई पत्रकारसम्मेलनमार्फत अनुरोध गर्दै उक्त घटनामा आफूहरूको संलग्नता नभएको जिकीर गरेका छन् । स्थानीय कृष्णप्रसाद अधिकारीको हत्याको विषयलाई लिएर समाचार विषयको गहिराईमा नपुगी समाचार सम्प्रेषण नगर्न उनीहरूले साउन १९ गते आयोजना गरेको पत्रकार सम्मेलनमा अनुरोध गरेका हुन् । द्वन्द्वको समयमा चितवनको रत्ननगर नगरपालिका बकुल्लर चोकमा कृष्णप्रसाद अधिकारीको हत्या भएको थियो । आजभन्दा नौ वर्षपहिले घटेको उक्त घटनाको विषयलाई लिएर स्वर्गीय अधिकारीका पिता नन्दप्रसाद अधिकारी र माता गङ्गा अधिकारीले गत वर्ष माघ २२ गतेदेखि विभिन्न स्थानमा अनसन बस्दै आएका छन् । २०६१ जेठ २४ गते हत्या भएका अधिकारीको हत्याराको आजसम्म पत्ता नलागेपछि सरकारलाई हत्यारा पत्ता लगाइदिन माग गर्दै अधिकारी दम्पत्ति अनसन बस्दै आएका हुन् । अधिकारी दम्पत्तिले आफ्नो धारणा विभिन्न पत्रिकामार्फत गोरखा जिल्ला फुजेल-७ का आठजनालाई अभियोग लगाएको विषयलाई लिएर उनीहरूबाट सञ्चार माध्यमले स्थलगत अध्ययन गरेर मात्र सत्यतथ्य समाचार सम्प्रेषण गर्न आग्रह गरेका हुन् । आमसञ्चार माध्यमले अधिकारी दम्पत्तिको हवला दिँदै जानुका पौडेल, पशुराम पौडेल, भीमसेन पौडेल, छविलाल पौडेल, कालीप्रसाद अधिकारी, रामचन्द्र अधिकारीको नाम प्रकाशित गरेपछि उनीहरूले पत्रकार सम्मेलन गरी आफूहरू हत्यारा नभएको धारणा व्यक्त गरेका हुन् । रमेशप्रसाद तिमल्सिना

0 Comments