Incident Reports

विप्लपका ४ कार्यकर्ता काठमाडौंबाट पक्राउ

2018-02-20

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका चार जना कार्यकर्ता पक्राउ परेका छन् । काठमाडौका विभिन्न क्षेत्रबाट विप्लव समूहको शंकरदेव कलेजस्थित विद्यार्थी संगठनका नेता नरेन्द्रबहादुर भण्डारी, कार्यकर्ता अक्षयकुमार राई, सन्तोष खड्का र विक्रम केसी छन् । विप्लप नेतृत्वको नेकपाले मंगलबार देशभर बन्द आह्वान गरेको थियो । बिराटनगरमा आफ्ना नेता, कार्यकर्ता पक्राउ परेको विरोधमा बन्द आह्वान गरिएको हो । यसैबीच, मंगलबार बिहान मध्य बानेश्वरमा बन्दकर्ताले सरकारी गाडीमा आगजनी गर्ने प्रयास गरेका छन् । महानगरीय प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले बन्दकर्ताले ओखलढुंगा जिल्ला अदालतको गाडीमा सामान्य क्षति पुर्‍याएको बताए । ‘मर्मतका लागि गाडी ल्याइएको रहेछ’, पोखरेलले भने, ‘त्यसक्रममा आगजनीको प्रयास भएको हो । सामान्य क्षति छ ।’ बन्दकर्ताले तिनकुनेको सुविधानगरस्थित बागमती नदीको किनारमा समेत शंकास्पद वस्तु राखेका थिए । यद्यपि, त्यो ‘होक्स’ भएको पुष्टि भएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Strike/Bandh
Primary Cause Other political issues
Actor 1 - Number of people 4
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , INSEC , Local Newspaper - Chitwan

0 Comments