Incident Reports

गुडिरहेको बसमा बम प्रहार, १२ जना घाइते

2018-02-20

Lumbini, Kapilbastu, Shivaraj, Ward 3

यहाँ गुडिरहेको बसमा बम प्रहार हुँदा १२ जना घाइते भएका छन्। काठमाडौंबाट दाङका लागि छुटेको ना ६ ख ७९१० नंको बसमा आज दिउँसो शिवराज नगरपालिका–३ बेलनदी नजिक अज्ञात समूहद्वारा पेट्रोल बम प्रहार हुँदा बसमा सवार १२ जना घाइते भएका हुन्। घाइते तीन जनालाई थप उपचारका लागि बुटबल पठाइएको र अन्य घाइतेलाई सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झवीन्द्र भट्टराईले जानकारी दिए। बसमा समान्य क्षति हुनाका साथै घाइतेको अवस्था मध्यम रहेको र केही उपचारपछि घर फर्केेको प्रहरीले जनाएको छ । कसले बम प्रहार गरेको भन्ने कुरा खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Secondary Form Strike/Bandh
Weapons Improvised explosive device (IED) , Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 12
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth unknown
Total Injured 12
National/Online Media , INSEC , Local Newspaper - Dhanusha

0 Comments