Incident Reports

धादिङमा सडकको बीचमा बम : सेनाको टोलीले गर्‍यो डिस्पोज

2018-02-20

Bagmati, Dhading, Tripura Sundari

धादिङ मलेखु सडकखण्ड अन्तरगत सिद्धालेक गाउँपालिकाको कालिदह नजिक सडकमै राखिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । अपरान्ह ४ बजेतिर सडकमा बम जस्तै शंस्कास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाइ खवर गरेका थिए । प्रहरी शंस्कापद वस्तु फेला परेको ठाउँमा पुगेपछि बम पहिचान भएको थियो । बम फेला परेको जानकारी पाउने बित्तिकै नेपाली सेनाको देवीदत्तगणबाट बम डिस्पोज टोली घटनास्थल पुगेको थियो । डिस्पोज गरिएको बममा गनपाउडर भेटिएको थियो । फलामको पाइप र घरेलु सामाग्री प्रयोग गरेर सर्वसाधारणलाई आतंकित बनाउन राखिएको बम शक्तिशाली भने नभएको सेनाको दाबी छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार नेपाल बन्द आह्वान गरेका कारण बम उनकै कार्यकर्ताले राखेको प्रहरीको अनुमान छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED) , Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments