Incident Reports

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

2018-02-19

३३ वर्षीया, ३५ वर्षीया र ४५ वर्षीया तीन जना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको आरोपमा केआई नेपाल, थ्री एञ्जल्स नामक संस्था र प्रहरीको सहकार्यमा बेलहिया नाकाबाट फागुन ७ गते दिउँसो उद्दार गरी एक जना आरोपितलाई बेलहियाबाटै गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा मकवानपुर जिल्ला हेटौँडा उमनपा-४ का १८ वर्षीय सुरज पाख्रिन रहेको र उनकी ३८ वर्षीया आमा अञ्जना पाख्रिन र सोही ठाउँकी ४५ वर्षीया फुलमाया थिङ फरार रहेको प्रहरीले जनाएको छ । आरोपितहरूले पीडित महिलाहरूलाई कुवेतमा राम्रो काम लगाइदिने प्रलोभन देखाएर नारायणगढ-दिल्ली जाने बसमा चढाएर बेचबिखनको लागि लैजान लागेको प्रहरीको आरोप छ । कुवेत जान हिँडेका महिलाहरूसँग वैदेशिक रोजगारीमा जाँदा चाहिने पासपोर्ट, नागरिकतालगायतका कागजात नभएकाले बेचबिखनका लागि लैजान लागेको र कुवेत पठाउने बहाना मात्र भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।

0 Comments