Incident Reports

बन्दले जनजीवन प्रभावित l

2013-08-03

Durga Thapa सुर्खेत । ०७० साउन १९ गते काँक्रेविहारमा बौद्ध मूर्ति स्थापनाको विरोधमा सुर्खेतस्थित विभिन्न जातीय तथा धार्मिक समूहहरूले ०७० साउन १९ गते आहृवान गरेको सुर्खेत बन्दले यहाँको जनजीवत प्रभावित भएको छ । बौद्ध धर्मालम्बीहरूले काँक्रेविहारमा बुद्धको मूर्ति स्थापना गर्न पाउनुपर्ने भन्दै चरणबद्ध आन्दोलन गरिरहेको समयमा हिन्दु, मुस्लिम, र क्रिश्चियन धार्मिक समुदाय तथा क्षेत्री, ठुकुरी, दशनामी र ब्राहृमण समाज लगायतका जातीय संगठनहरूले यस्तो मूर्ति राख्न दिएमा साम्प्रदायिक दंगा भत्किने भनी बन्दको आहृवान गरेका हुन् । बन्दका कारण वीरेन्द्रनगरका पसल, उधोग, कलकारखाना, शैक्षिक संस्था र सवारी साधन पूर्ण रुपले ठप्प रहेका थिए । बन्द कर्ताहरूले मंगलगढी र अन्य मुख्य चोकहरूमा बसी सञ्चारकर्मी, प्रहरी र एम्बुलेन्स बाहेकका सवारी साधनमा अवरोध पुर्‍याएका थिए । दुर्गा थापा

0 Comments

Related Reports
Related Trend Analysis