Incident Reports

छोरी बेचेको आरेापमा ससुराद्वारा ज्वाइँविरुद्ध उजुरी l

2013-08-02

Sudurpashchim, Doti, Shikhar

Lav Dev Bhatta डोटी । ०७० साउन १९ गते आफ्नी छोरी बेचेको आरेापमा जिजोडामाण्डौ गाविस २ छोयाका धनबहादुर भुलले ज्वाईँ इन्द्रबहादुर भुलका विरुद्ध ०७० साउन १८ गते जिल्ला प्रहरी कार्यालय डोटीमा उजुरी दिए । डडेल्धुरा गाङखेत गाविस ९ पिपलगाउँका इन्द्रबहादुर भुलले डोटी जिल्ला जिजोडामाण्डौ गाविस २ छोयाकी सीतासँग तीन वर्षअगाडि विवाह गरेका थिए । विवाहपश्चात् इन्द्रबहादुरले आफ्नी पत्नीलाई अनाहकमा कुटपिट गरी ०७० असारमा घरनिकाला गरेपछि माइती बस्दै आएकी सीताका बुवा धनबहादुर भुलले बताए । ०७० साउन १ गते माइतीमा आएर इन्द्रबहादुरले आफ्नी पत्नीलाई बोलाई लगेर उनको चार महिनाको गर्भ समेत पतन गराई भारतमा लगेर बेचेकेा धनबहादुरले दाबी गरे । इलाका प्रहरी कार्यालय दिपायलको प्रहरी टोलीले अभियुक्त इन्द्रबहादुरलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय डोटीको हिरासतमा राखेको डीएसपी राजेन्द्रबाबु रेग्मीले बताए । लबदेब भट्ट

0 Comments