Incident Reports

पोखरामा विस्फोट गराएको आरोपमा चन्दका ३ कार्यकर्ता पक्राउ

2018-02-21

Gandaki, Kaski, Pokhara Lekhnath

(PR) कास्कीका विभिन्न ठाउँमा बम राखेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तीनजना नेतालाई पक्राउ गरेको छ । मंगलबार नेपाल बन्दका दिन चार ठाउँमा राखिएकामध्ये विजयपुर खोलाको पुलनजिक प्रेसरकुकर बम विस्फोट हुँदा सञ्चारकर्मी र प्रहरी जवान घाइते भएका थिए । अन्य तीन स्थानमा राखिएका बम नेपाली सेनाले निष्क्रिय पारेको थियो । पक्राउ पर्नेमा नेकपाका जनसरकार प्रमुख जगन भनिने नन्दप्रसाद तिवारी, उक्त पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी किसान संघका कास्की अध्यक्ष पुष्प कार्की र अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघका खडकबहादुर राई छन् । तीनैजनाविरुद्ध विस्फोट पदार्थअन्तर्गत मुद्दा दर्ता गरिएको छ । कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विजयपुरमा बम विस्फोट हुँदा रेडियो गण्डकीका स्टेसन म्यानेजर घनश्याम पाण्डे र प्रहरी जवान कुलबहादुर खत्री घाइते भएका थिए । उनीहरूको उपचार भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Youth na
National/Online Media

0 Comments