Incident Reports

राष्ट्रपतिविरुद्ध तरुण दलले चर्कायो सडक आन्दोलन

2018-02-21

Bagmati, Kathmandu, Kathmandu

नेपाली कांग्रेसको युवा संगठन तरुण दलले राष्ट्रपतिविरुद्ध सडक आन्दोलन चर्काएको छ । राष्ट्रियसभा सदस्यका लागि देउवा सरकारले गरेको सिफारिस स्वीकृत नगरी केपी ओली सरकारको सिफारिस सदर गरेपछि तरुण दलले आन्दोलन चर्काएको हो । बुधबार उनीहरुले राष्ट्रपति कार्यालय शितल निवास बाहिर प्रदर्शन गरेका छन् । कांग्रेस नेतृत्वको सरकारले गरेको सिफारिस वेवास्ता गरी असंवैधानिक तरिकाले सक्रिय हुन खोजेको तरुण दलले आरोप लगाएको छ । राजनीतिक पूर्वाग्रहबाट ग्रसित भइ दलीय आस्थाको घेराभित्र बसेर राष्ट्रपतिले काम गरेको उसले बताएको छ । ‘संविधानको रक्षकले नै एउटा राजनीतकि पार्टीको सानो अध्यारो घेराभित्र बसेर गरेका यस्ता खाले असंवैधानिक निर्णयहरु तुरुन्त सच्याउन नेपाल तरुण दल जोडदार माग गर्दछ’ तरुण दलले भनेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Nepali Congress and affiliated org , Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments