Incident Reports

मन्दिरमा जातीय भेदभाव गरेको आरोप l

2013-08-02

Prakash BK वझाङ । ०७० साउन १८ गते रिठापाटा गाविस-८ देवलका २९ वर्षीय दीपक नेपालीलाई सोही गाविस-५ पैयातोलाका ४५ वर्षीय मोहन बमले ०७० साउन १८ गते जातीय विभेद गरी गाली वेइज्जती गरेको आरोपमा पीडितले लगाएका छन् । सार्वजनिक मन्दिरमा फूलपाती चडाउन गएका नेपालीलाई "तँ डुम चप्पलै लगाएर मन्दिरमा आउने भइस्" भन्ने अपशव्द प्रयोग गरी गाली वेइज्जत गरेको पीडितल बताए । आरोपितलाई कानुनी कारबाहीका लागि पीडितले प्रहरीमा उजुरी दिँदा प्रहरीले दुवै पक्ष बोलाई सामान्य घटना हो, आइन्दा यस्तो व्यवहार नगर्ने शर्तमा मिलापत्र गरी छोडी दिएको पीडितले इन्सेक प्रतिनिधिलाई बताए । प्रकाश विक

0 Comments

Related Reports
Related Trend Analysis