Incident Reports

बहुविवाह घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2018-02-21

Lumbini, Rupandehi, Siddharthanagar, Ward 3

सिद्धार्थनगर नपा-३ की २५ वर्षीया अनिता यादवले पति ३१ वर्षीय बब्लु यादवले २०७४ माघ २८ गतेबहुविवाह गरेको भन्दै अारोपितविरुद्ध फागुन ९ गते जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा उजुरी दिएकी छन् । पतिले बुटवल उमनपा-९ इँटाभट्टीकी २६ वर्षीया अप्सरा दानुलाई माघ २८ गते भगाएर फरार रहेको भनी फागुन ८ गते जानकारी पाएको प्रहरी कार्यालयमा दिएकाे उजुरीमा उल्लेख गरेकी छन् । फरार आरोपितको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis