Incident Reports

बलात्कार गरेको आरोपमा प्रहरीमा जाहेरी l

2013-08-02

Shivaraj Khatri अछाम । ०७० साउन १८ गते सिउँडी-१ का ५० वर्षीय डम्बरबहादुर शाहले एक ६५ वर्षीया एक बृद्धालाई बलात्कार गरेको भन्दै बृद्धाका आफन्तले साउन १८ गते जिल्ला प्रहरी कार्यालयमा जोहेरी दिएका छन् । जोहरीमा शाहले साउन १६ गते दिउँसो घरमा कोही नभएको मौका छोपी आफ्नै घरमा बोलाएर बृद्धालाई बलात्कार गरेको उल्लेख गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामप्रसाद पौडेलले जानकारी दिए । बेलुकी घरमा परिवार जम्मा भए पछि बृद्धाले आफू बलात्कृत भएको कुरा जानकारी गराए पछि राती नै प्रहरी चौकी चौरपाटीलाई मौखिक जाहेरी दिएको प्रहरीले जनाएको छ । प्रहरीले अभियुक्त शाहलाई साउन १७ गते दिउँसो घरबाटै गिरफ्तार गरेर हिरासतमा राखेको जनाएको छ । बृद्धाको १८ गते नै जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । शिवराज खत्री

0 Comments

Related Reports
Related Trend Analysis