Incident Reports

Arrested on charge of sexual abuse

2018-02-14

Madhes, Mahottari, Gaushala

Police have arrested 19 years old Achutam Risal of Bardibas Municipality-2 on charge of molesting 11 years old boy. According to the Area Police Office of Bardibas, the accused had molested the girl on February 15. The case was attempted to settle after penalizing the accused of Rs 51,000 through Panchayat. The incident was made public after the city level child network group intervened and lodged complaint at police. DSP Prabin Pokhrel of DPO said that the victim’s family had lodged complaint at Area Police Office of Bardibas after the incident. The accused has been arrested for investigation. Chair person Sonu Karki of the child network demanded for the severe action against the accused. बर्दिबास नगरपालिकाको बाल सञ्जालले आर्थिक लेनदेनको बलमा बालयौन दुराचारको घटना मिलाउन लागिएको प्रयासलाई विफल बनाएका छन् । महोत्तरीको बर्दिबासका अच्छुत्म रिसालले एक ११ वर्षीय बालकमाथि यौनजन्य क्रियाकलाप गरेको आरोप लागेको थियो । पीडकले पीडितलाई धम्की दिएर समाजको पञ्चायतबाट ५१ हजार नगद दिएर घटना ढाकछोप गर्न लागेका थिए । ‘मलाई गाउँमा मिल भन्यो । त्यसपछि ५१ हजार दिने गाउँसमाजले निर्णय गरिदियो, ’पीडित बालकका बुवाले भने, ‘मलाई पैसा दिन आयो । मैले पैसा फिर्कादिएँ ।’ फागुन २ गते रातको समयमा महोत्तरीकै गौशाला नगरपालिका लक्ष्मीनियाँका एक ११ वर्षीय बालकमाथि उनले यौनजन्य क्रियाकलाप गरेका आरोप छ । बर्दिबास नगर स्तरीय बालसंजाल र सञ्चारकर्मीहरुले बालकमाथिको यौन शोषणको घटना मिलाउन लागेको थाहा पाएपछि घटना सार्वजनिक गरेको हो । बालकमाथि यौनशोषण भएको दश दिनसम्म पीडकले पीडितलाई धम्की दिँदै आएका थिए । पीडक पक्षले प्रहरीमा उजुरी हाले जे पनि गराइदिने आफुहरुमाथि धम्की दिँदै आएका पीडित परिवारले जनाएको छ । ‘बालयौनदुराचार भएकै दिन प्रहरीलाई खबर प्राप्त भयो,’ डिएसपी प्रविण पोखरेलले भने, ‘पीडित पक्ष प्रहरीमा आयो । हामीले निवेदन र उजुरी लेख्न पनि सहयोग ग¥यौं । तर, पीडित परिवार जाहेरीमा हस्ते गर्न मानेन ।’ पत्रकार, शिक्षक र बालसञ्जालको सहयोगमा पीडित परिवारले शनिबार उजुरी दर्ता गराएपछि प्रहरीले पीडक रिसाललाई ३० मिनेटमै पक्रिएको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गरिब परिवारका बालकका अमाबुवाले बर्दिबासमा डेरा भाडा लिएर चोकमा रात्रिकालिन चिया पसल सञ्चालन गरेर जीवन यापन गर्दै आएका थिए । स्थानीय देउराली माध्यमिक विद्यालय बर्दिबास कक्षा १ मा पढ्ने बालक यौनहिंसा र भएको दिनदेखि स्कूल जान डराइरहेका छन् । ‘मलाई सय रुपैयाँ दिएर चोकपछाडिको झाडीमा लग्यो,’ पीडित बालकले अन्नपूर्णसँग भने, ‘लिङ्ग हल्लाउन लगायो । लिङ्ग मुखमा राखेर चुस्न लगायो ।’ पीडकको धम्कीले डराएका बालकका अभिभावक दश दिनदेखि चिया पसल बन्द गरेर बसेका थिए । शनिबार अधिकारकर्मीको सहयोगमा उजुरी दर्ता भएपछि प्रहरीले पीडकलाई पक्रेसँगै पीडित परिवारले सुरक्षाको महसुस गर्दै चिया पसल खेलेका छन् । पीडकमाथि बर्दिबास नगरस्तरीय बालसञ्जालकी अध्यक्ष सोनु कार्कीले कारवाहीको माग गरेकी छिन् । पीडक अच्छुत्म पीडक बालकको आमा बुवाले सञ्चालन गरेको चिया पसलका ग्राहक हुन् । फागुन २ गते राति आफ्नै चिया पसलबाट मिठो खानेकुरा किनिदिने भनेर फकाउँदै पीडकले बालकलाई झाडीमा लगेर यौनशोषण गरेको पीडित परिवारले बताएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media , INSEC , Local Newspaper - Dhanusha , Local Newspaper - Jhapa

0 Comments