Incident Reports

प्रहरी कार्यालय भित्र हेरेको आरोपमा बालकमाथि कुटपिट l

2013-08-02

Naresh Bhandari गुल्मी । ०७० साउन १८ गते सेउलीबाङ्ग गाविस- ५ प्यूठानका १३ वर्षीया विष्णुबहादुर बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालयको झ्यालबाट हेरी भागेको आरोपमा ०७० साउन १८ गते प्रहरीले गिरफ्तार गरी कुटपिट गरेको छ । बिना लाइसेन्स गाडी चलाएको आरोपमा गिरफ्तार भएका पीडित दाजु भेट्न प्रहरी चौकी गएको र झ्यालबाट दाजुलाई हेर्दै गर्दा प्रहरीले हप्काएपछि भागेका उनलाई प्रहरी जवान लोकेन्द्र साही र प्रहरी कार्यालयको गेटमा गोमा ठकुरीले टाउकोमा मुख र टाउकोमा कुटपिट गर्दा नाकबाट रगत बगेको छ । इन्सेक प्रतिनिधि, जागरण मिडिया सेन्टर, जिल्ला बाल कल्याण अधिकृत, सामुदायिक प्रहरी लगायतका संघ संस्थाले बालक कुटपिटको घटनाले गम्भीर बनाएको भन्दै जिल्ला प्रहरी कार्यालयमा पुगी घटनाको छानबिन गरी पीडितलाई न्याय दिन माग गरेका छन् । नरेश भण्डारी

0 Comments

Related Reports
Related Trend Analysis