Incident Reports

बहुविवाह घटनाका आरोपित गिरफ्तार

2018-02-23

Province 1, Ilam, Mai, Ward 2

बहुविवाह गरेको आरोपमा प्रहरीले माई नगरपालिका-२ का २१ वर्षीय उमाकान्त कामी र २२ वर्षीया सुनिता बिकलाई गिरफ्तार गरेको छ । आरोपितद्वयले माघ २५ गते बहुविवाह गरेको भन्दै उमाकान्तकी जेठी पत्नी पूर्णिमाले माघ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उमाकान्त र सुनिता दुवैलाई फागुन १२ गते गिरफ्तार गरी बहुविवाहसम्बन्धी मुद्दा दर्ता गरिएको र उनीहरूमाथि अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

0 Comments