Incident Reports

बहुविवाह गरेको आरोपमा गिरफ्तार l

2013-08-05

San Bahadur Thapa कास्की । ०७० साउन २१ गते सिद्ध गाविस-१ का ३७ वर्षीय राजन गिरीलाई बहुविवाह गरेको आरोपमा प्रहरीले साउन २१ गते गिरफ्तार गरेको छ । आरोपित गिरीले सोही ठाउँका २४ वर्षीया रेखा पन्तसँग ०७० असार ११ गते बहुविवाह गरेको भन्दै जेठी पत्नी ३२ वर्षीया कृष्णमाया गिरीले साउन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिईन् । उजुरीपछि फरार रहेका आरोपित गिरीलाई प्रहरीले साउन २१ गते गिरफ्तार गरी उनी विरुद्ध बहुविवाह मुद्दामा अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका इन्स्पेक्टर नरहरि अधिकारीले बताए । सनबहादुर थापा

0 Comments

Related Reports
Related Trend Analysis