Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

2018-02-21

Lumbini, Bardiya, Barbardiya, Ward 6

१५ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित बारबर्दिया नपा-६ निवासी २८ वर्षीय शिक्षक रामबहादुर थारु विरुद्ध पीडित पक्षले फागुन १३ गते इलाका प्रहरी कार्यालय बनियाभारमा उजुरी दर्ता गरेका छन् । बारबर्दिया नपास्थित अंशुवर्मा माविका शिक्षक रहेका आरोपितले फागुन ९ गते बालिकालाई विद्यालयबाट ललाईफकाई आफैसँग लगि पटकपटक बलात्कार गरेको पीडित पक्षले आरोप लगाएका छन् । पीडित पक्षले बालिकाको खोजी र शिक्षकलाई कानुनी कारवाहीको दायरामा ल्याउन प्रहरी चौकी जयनगरमा फागुन १० गते उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई फागुन ११ गते गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय बनियाभारले जनाएको छ । बालिकाको स्वास्थ्य परीक्षण फागुन १३ गते जिल्ला अस्पताल गुलरियामा भएको थियो । घटनाको विषयमा पीडित पक्षले दिएको उजुरी दर्ता गर्नुको साथै आरोपितलाई गिरफ्तार गरी अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बनियाभारका इन्स्पेक्टर हस्तबहादुर सुनारले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments