Incident Reports

पत्नीलाई कुटपिट गरेको आरोपमा पति गिरफ्तार

2018-02-25

Bagmati, Sindhupalchok, Indrawati, Ward 9

इन्द्रवती गाउँपालिका-९ तिनधाराकी ३८ वर्षीया मैया तामाङलाई आगो फुक्ने फलामको ढुङ्ग्री (डण्डी) प्रहार गरी टाउको फुटाएको आरोपमा प्रहरीले ३० वर्षीय पति रिउटे तामाङलाई फागुन १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले घरमा फागुन १३ गते आगो फुक्ने फलामको ढुङ्ग्रीले टाउकोमा प्रहार गरी कुटपिट गरेको पीडितको आरोप छ । पीडित महिलाको उपचार चौतारा अस्पतालमा भइरहेको छ । आरोपितविरूद्ध पीडितले फागुन १४ गते इन्सेक जिल्ला प्रतिनिधिको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा घरेलु हिंसाविरूद्ध उजुरी दिएकी छन् । पीडितको टाउकोमा १४ ओटा टाँका लगाइएको छ भने कोखा, ढाडलगायत शरीरका विभिन्न अङ्गमा निलडाम रहेको चौतारा अस्पतालका चिकित्सकको भनाइ छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments