Incident Reports

पत्नीलाई यातना  

2018-02-26

Lumbini, Bardiya, Gulariya

वैदेशिक रोजगारीबाट आर्जन गरेको रकमका विषयमा विवाद हुँदा पतिले गर्भवती पत्नीलाई आगोले पोल्नुका साथै दाउराले हिर्काएर यातना दिएका छन् । पत्नी इसरतले १ लाख रुपैयाँ तमसुक गरी स्थानीयलाई सापटी दिएकोमा पति अयुव खाँले विवाद झिकेका थिए । गुलरिया–१२ उँचा लालपुरका खाँले इसरतलाई बलेको दाउरा र पन्यु तताएर शरीरभरि पोलेर यातना दिएका हुन् । तीन वर्षदेखि मलेसियामा काम गर्दै आएका खाँ घर फर्केको दुई महिनादेखि यातना दिँदै आएका थिए । ‘चाँडै रकम फिर्ता गर्छु भन्दा पनि यातना दिन छाडेनन्,’ इसरतले भनिन् । बल्दै गरेको दाउराले संवेदनशील अंग, मुख र शरीर भर पोल्दै ज्यान मार्ने प्रयास गरेको आरोप उनले लगाइन् । सोमबार दिउँसो आगोले पोल्दा उनी कराएपछि स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याएका थिए । पतिले पठाएको रकमबाट उनले १ कट्ठा जग्गा ६ लाखमा खरिद गरेकी थिइन् । जग्गा आफ्नो नाममा किन राखेको भन्दै यातना दिएको इसरतले प्रहरीसमक्ष बयान दिएको मुद्दा फाँटका प्रहरी निरीक्षक हेम शाहीले बताए । प्रहरीले पोलेर यातना दिने श्रीमान् खाँलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । उनको शरीरका धेरै अंग पोलिएको प्रनि शाहीले जनाए । ज्यान मार्ने उद्योग गरेको कसुरमा श्रीमान्माथि हदैसम्मको सजायको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उनले जाहेरी दिएकी छन् । इसरतको उपचार गुलरियास्थित जिल्ला अस्पतालमा भइरहेको छ । पीडित इरसतका दाजु नुर आलमले दोषीमाथि कारबाहीको माग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Fire , Fire
Primary Cause Domestic violence
Secondary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments