Incident Reports

जनप्रतिनिधिले गरे गाउँपालिकामा तालाबन्दी

2018-02-25

Madhes, Parsa, Birgunj

बिन्दवासिनी गाउँपालिकामा आज निर्वाचित जनप्रतिनिधि तथा गाउँलेले तालाबन्दी गरेका छन्। सो गापाको सेवा केन्द्र सर्ने विषयमा तालाबन्दी गरिएको नेकपा एमालेका प्रतिनिधि परशुरामप्रसाद यादवले बताए। सो गाउँपालिकाको कार्यालय बहुअर्वाभाटाबाट झौवा सर्न लागेकोमा विरोध गर्दै तालाबन्दी गरिएको हो। बहूवर्वाभाटामा रहेको कार्यालय कुनै हालतमा अन्यत्र जान नदिने अडान राख्दै विरोध कार्यक्रम शुरु भएको छ। वडाध्यक्ष सगीर मियाँ तथा संजय चौहानको नेतृत्वमा गाउँलेहरुले कार्यालयमा रहेका कर्मचारीहरुलाई बाहिर निकाली तालाबन्दी गरेका थिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation , Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments