Incident Reports

होलीमा हतियार प्रहार गरी १ जनाको हत्या

2018-03-02

Sudurpashchim, Kailali, Tikapur, Ward 1

कैलालीमा होली खेल्ने क्रममा छूरा प्रहार हुँदा एकजनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ मा गएराति १२ः४५ बजे होली खेल भइरहेका बेला अज्ञात समूहले छूरा प्रहार गर्दा टीकापुर नगरपालिका–२ का २२ वर्षीय करण थापाको मृत्यु भएको हो । छुरा प्रहारबाट गम्भीर घाइते थापालार्इ उपचारको लागि टीकापुर अस्पताल पुर्याइए पनि उनलाई चिकित्सकले बचाउन सकेनन् । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले छूरा प्रहारबाट घाइते थापाको उपचारका क्रममा ज्यान गएको पुष्टि गर्दै छूरा प्रहार हुनुको कारण भने नखुलेको जानकारी दिए । ‘होली खेल्ने क्रममा अज्ञात समूहले छूरा प्रहार गर्दा करण थापाको ज्यान गएको छ, तर कारण खुलेको छैन’, प्रहरीले उपरीक्षक घिमिरेले भने । प्रहरीले घटनामा संलग्न भएको आशंकामा ९ जनालाई नियन्त्रणमा लिएको छ । कैलाली प्रहरीका अनुसार उनीहरुमाथि अहिले अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon , Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Kailali

0 Comments

Related Reports