Incident Reports

बहुविवाह घटनाका आरोपित गिरफ्तार

2018-02-28

Province 1, Morang, Gramthan, Ward 3

ग्रामथान गाउँपालिका-३ का ३७ वर्षीय हरेराम राजवंशी र कटहरी गाउँपालिका-२ की २२ वर्षीया सजनी राजवंशीलाई बहुविवाह गरेको आरोपमा प्रहरीले फागुन १६ गते गिरफ्तार गरेको हो । २५ वर्षीया पवित्रा चौधरीले आरोपितद्वयविरूद्ध फागुन १५ गते जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएकी थिइन् । पीडित महिलाको उजुरीका आधारमा आरोपितद्वयलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङकी इन्स्पेक्टर जमुना बस्नेतले बताइन् । पीडित महिलाका अनुसार आरोपितद्वयले माघ ९ गते विवाह गरेको र केही दिन अघि मात्र आफूले थाहा पाएको भन्दै न्यायका लागि उजुरी दिएको बताइन् ।

0 Comments