Incident Reports

जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा पुजारीविरुद्ध उजुरी

2018-02-27

Sudurpashchim, Kanchanpur, Punarbas, Ward 6

पुनर्वास नपा-६ का टेकबहादुर बिक र पुर्ण बहादुर बिकलाई पुनर्वास नपा-६ स्थित सय नम्बर चोक मा रहेको मन्दिरमा शिवरात्रीको दिन मन्दिरका पुजारीले जातीय विभेद गरेको आरोपमा फागुन १५ गते इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीमा पुजारीविरूद्ध उजुरी दर्ता गरिएको छ । मन्दिरका पुजारी बलराम भट्टराई र पुजारीका सहयोगी श्रीकृष्ण नेपालले दलित समुदायका मान्छेहरूले गैरदलितहरूसँग मन्दिरमा पूजा अर्चना गर्न नपाइने र दलित भक्तजनले ल्याएको प्रसाद अन्यसँग मिसाउन हुँदैन भनी जातीय भेदभाव तथा छुवाछुतजन्य कार्यलाई प्रोत्साहन गरेको पीडित पक्षको आरोप छ । उजुरीका आधारमा घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेठीले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis