Incident Reports

सिटी सेन्टरका सुरक्षा गार्डको हत्या गर्ने पक्राउ

2018-03-02

Bagmati, Kathmandu, Kathmandu, Ward 1

काठमाडौको सिटी सेन्टरमा कार्यरत सुरक्षा गार्डको हत्यामा संलग्नलाई काठमाडौ प्रहरीले पक्राउ गरेको छ । शुक्रबार सिटी सेन्टरको चौथो तलामा रहको बिग मुभिजमा सुरक्षा गार्डको रुपमा काम गर्ने पाँचथर फिदिम घर भएका रविन खवास भुजेलको हत्या भएको थियो । प्रहरीले खवासको हत्याको आरोपमा दोलखा जिल्ला साविक पोवटी गाविस मेलुङ गाउँपलिका स्थायी घर भएका र हाल हाडीगाउ बस्ने होमबहादुर बस्नेतका छोरा रुद्रबहादुर बस्नतलाई पक्राउ गरेको हो । मृतक भुजेल सिटी सेन्टरमा विगत साढे २ बर्षयता काम गर्दै आएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी भएको सामान्य विवादका कारण खवासलाई बस्नेतले मुख र नाक थिचेर हत्या गरी चारतलामाथिबाट खसालेका थिए । उनीहरुबीच विगत १ बर्षदेखि चिनजान रहेको प्रहरीले जनाएको छ । बस्नेतलाई महानगरीय प्रहरी बृत कमलपोखरीले शुक्रबार नै पक्राउ गरेको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None , None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Panchthar

0 Comments

Related Reports