Incident Reports

कथित बोक्सीको आरोपमा महिला कुटिइन्

2018-03-02

Lumbini, Dang, Rajpur

कथित बोक्सीको अरोपमा राजपुर गाउँपालिका-७ की ३५ वर्षीया सुशीला कवरलाई छिमेकीहरूले फागुन १८ गते साँझ कुटपिट गरेका छन् । स्थानीय इन्द्रबहादुर भण्डारीको नेतृत्वमा गएका पूर्णबहादुर बस्नेत, खोपबहादुर नेपाली, धनबहादुर कवर, लक्ष्मी कवर, हर्कबहादुर कवर र मनोज कवरले कुटपिट गरेको पीडितले आरोप लगाएकी छन् । पीडित पक्षले इलाका प्रहरी कार्यालय गढवामा फागुन १९ गते उजुरी दिएको छ । घरमा बसिरहेकी सुशीलालाई काम छ भनी आँगनमा बोलाएर निर्घातकुटपिट गरेको पीडितले बताइन् । ढाडमा गम्भीर चोट लागेकी कवरको लमही अस्पतालमा उपचार भइरहेको छ । कुटपिटमा संलग्नहरूको खोजी भइरहेको इप्रका गढवाका इन्स्पेक्टर प्रमोद क्षेत्रीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None , None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC , National/Online Media

0 Comments