Incident Reports

बहुविवाहका आरोपित प्रहरी हिरासतमा l

2013-08-05

Lumbini, Gulmi, Satyawati

Naresh Bhandari गुल्मी । ०७० साउन २२ गते अस्लेवा गाविस-५ का ३५ वर्षीय दीपक पाण्डे र लिम्घा गाविस-९ की १९ वर्षीया दुर्गा ज्ञवालीलाई बहुविवाह गरेको अभियोगमा जिल्ला अदालतले हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई साउन २१ गते अनुमति दिएको छ । दीपककी पत्नी ३४ वर्षीया गंगा पाण्डेले असार १७ गते दिएको जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय रिडीले दीपक र दुर्गालाई साउन २० गते गिरफ्तार गरी अदालत पेश गरेको इन्स्पेक्टर निशान्त श्रीवास्तवले बताए । पति ०६९ जेठमा रोजगारीको लागि भारततर्फगएको र ०७० असारमा घर फर्केपछि मात्र दोस्रो विवाह गरेको थाहा पाएको भन्दै उजुरी गरेको पीडितले बताईन् । एक छोरा सहित उनी ०७० असारदेखि माईतीको शरणमा बस्दै आएकी छन् । नरेश भण्डारी

0 Comments

Related Reports
Related Trend Analysis