Incident Reports

युवती अपहरण आरोपमा पाँचजना पक्राउ

2018-03-02

Province 1, Sunsari, Itahari

हरिनगर गाउँपालिका १ बाट बेपत्ता ती युवती अहिलेसम्म फेला परेकी छैनन् । उनलाई सोही स्थानका जाकिर र हजरत साफीले जबरजस्ती मोटरसाइकलमा हालेर बेपत्ता पारेको आफन्तले बताएका छन् । युवतीका आफन्तले अपहरणमा ती दुवैको संलग्नता हुन सक्ने आशंका गर्दै हजरतका दाजु आलमलाई छुटाइदिन अनुरोध गरेका थिए । उनले उल्टै ५ लाख फिरौती माग गरेपछि घटना सार्वजनिक भएको थियो । पीडित परिवारसँग अपहरणकारी समूहले पटक–पटक रकमको मोलमोलाइ गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । युवतीको परिवारलाई रकमका लागि ताकेता गरिएपछि उनीहरूले इटहरी उपमहानगर–९ का विशाल राईको नाममा २५ हजार रुपैयाँ आईएमई गरेको पनि प्रहरीले जनायो । डीएसपी नारायण चिमौरियाले फिरौती रकम बुझाए पनि युवती फिर्ता नभएपछि पीडित परिवारले जिल्ला प्रहरीमा उजुरी दिएपछि घटनाबारे थाहा भएको बताए ।‘घटनामा संलग्न रहेको आशंकामा ५ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ,’ उनले भने, ‘पक्राउ परेका पाँचैविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरी म्याद थप गरिएको छ ।’ प्रहरीले अपहरणकारी पक्राउ गरे पनि बेपत्ता युवतीको अवस्था भने अज्ञात नै छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None , None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Criminal , Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
National/Online Media , Other Sources , Local Newspaper - Morang

0 Comments

Related Reports