Incident Reports

गर्भवतीको मृत्युले अस्पतालमा तनाव

2018-03-04

सुत्केरी हुन् बुटवलको लुम्बिनी अंचल अस्पतालमा आएकी महिलाको मृत्यु भएपछि सोमबार दिनभर तनाव भएको छ। अस्पतालमा कार्यरत नर्सहरुले गलत औषधि बिरामीलाई स्लाइनमार्फत दिएर गर्भवतीको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा तालाबन्दी र नाराबाजी गरेका हुन्। पाल्पा झडेवाकी ३२ बर्षीया भगवती अधिकारीको आइतबार ११ बजे मृत्यु भएको थियो। बुटवलको अमरपथमा बस्दै आएकी उनी साथीसंग रिक्सा चढेर अस्पताल पुगेकी थिईन। अंचल अस्पतालमै नियमित चेकजांच गरिरहेकी उनको स्वास्थ्य अवस्था ठिक रहेको चिकित्सकले बताएका थिए। आइतबार सुत्केरीको व्यथा लागेजस्तो भएपछि उनी अस्पताल पुगेकी थिइन्। अस्पताल पुग्नासाथ स्लाइन चढाएपची उनी अचेत बनेको उनका दाजु मोति खनालले बताए। मृत्युपछि चिकित्सकहरुले फरकफरक कारण बताएपछि आफन्तहरु आन्दोलित भएका हुन्। घटनालगत्तै चिकित्सकले हृदयघातका कारण मृत्यु भएको बताएका थिए। पछि भने बच्चा रहने पानीको फोका फुटेर फोक्सोमा जाँदा मृत्यु भएको चिकित्सकको दाबी छ। भगवतीका श्रीमान पशुपति अधिकारीले चिकित्सकले गलत औषधी चढाएको कारणले गर्दा मृत्यु भएको बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments