Incident Reports

गाउँपालिका अध्यक्षलाई आक्रमण गर्ने विप्लवका ४ कार्यकर्ता पक्राउ

2018-03-07

आफूलाई विप्लवको कार्यकर्ता बताउँदै धम्काएर चन्दा माग्ने र जनप्रतिनिधिलाई आक्रमण गरेको आरोपमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) नारायण प्रसाद चिमरियाका अनुसार सुनसरीको कोशी गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीलाई चन्दा माग्दै आक्रमण गरेको आरोपमा बुधबार नेकपा माओवाली (विप्लप)का चार कार्यकर्ता पक्राउ गरेको हो । पक्राउ पर्नेहरुममा विक्रान्त भन्ने युगल राई, सन्तोश भन्ने राजेन्द्र सिंह विष्ट, मोहन कार्की र लक्ष्मण कार्की रहेका छन् । उनीहरु चारै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको न्यायिक हिरासतमा राखिएको प्रनाउ चिमरियाले बताए । उने भने, ‘न्यायिक हिरासतमा राखेर कारबाही प्रक्रियाकालागि थप अनुसन्धान गर्दै छौं ।’ कोशी गाउँपालिका अध्यक्ष अन्सारीको कार्यकक्षमा प्रवेश गरेर पहिले चन्दा मागेको र चन्दा नदिएपछि आक्रमण गरेकाले उनीहरुलाई पक्राउ गरिएको हो । गाउँपालिका अध्यक्ष अन्सारीले विप्लव माओवादीको कार्यकर्ता बताएर चन्दा माग गरेको र नदिदा आफूमाथि आक्रमण गरेको र साथीहरुको साथ र सहयोगले बाँचेको बताए । उनले आक्रमणकारी, चन्दाआतंकारी, त्रास सृजना गर्ने माओवाली (विप्लप)कार्यकर्तालाई हदैसम्मको कारबाही गर्नुपर्ने माग गरेका छन् । ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Extortion
Weapons None , None
Primary Cause Other governance issues
Actor 1 - Number of people 4
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments