Incident Reports

बहुविवाह घटनाका आरोपित गिरफ्तार

2018-03-07

Sudurpashchim, Baitadi, Surnaya, Ward 5

सुर्नयाँ गाँउपालिका-५ रौलेश्वरका २३ वर्षीय ललित बिष्ट र ठेगाना नखुलेकी २६ वर्षीया सिबा मगरलाई बहुविवहा गरेको आरोपमा प्रहरीले फागुन २३ गते गिरफ्तार गरेको छ । गत मङ्सिर २४ गते विष्ट र मगरले विवाह गरेको भन्दै पीडित ललित विष्टकी २० वर्षीया जेठी पत्नी निर्मला कुवरले फागुन २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय बैतडीका इन्स्पेक्टर कमल विष्टले बताए । आरोपितद्वयले मङ्सिर २४ गते विवाह गरेको भएपनि आफूलाई पुस १८ गते मात्रै थाहा भएको पीडितको गुनासो छ । आरोपित बिष्ट कमलपोखरी ट्राफिक प्रहरी कार्यालय, काठमाडौमा कार्यरथ प्रहरी जवान हुन् ।

0 Comments