Incident Reports

Police arrest man behind death of teen daughter

2018-02-20

Madhes, Dhanusha, Janakpur

In what police suspect to be a case of honour killing, a 40-year-old father allegedly killed his 19-year-old daughter at Wakil Tol in Janakpur-2, Dhanusha, on February 20 because he did not take kindly to her alleged relationship with a boy, police said on Monday. The parents of Sneha Kumari Yadav had fixed her marriage with a boy in Dhanusha district. But the marriage was called off after the boy’s relatives allegedly saw Sneha with her male friend in Kathmandu. Police said Sneha’s father Dilip Kumar Yadav was angry at his daughter after the talks of her marriage fell through because she was seen with another boy. Sneha was studying in grade 12 at the Kathmandu-based NASA International College. Her father, Dilip Kumar, had taken her to Janakpur in February. Neighbours say upon their return the father and daughter used to have big fights almost regularly. Police said some of the neighbours had heard a thud and scream during what appeared to be a regular quarrel between the father and daughter on February 20. While Dilip Kumar has claimed that his daughter died of an unexpected illness, the neighbours say they saw no sign of ill health when they saw Sneha earlier that day. “We were surprised when we saw Sneha’s parents and two unidentified men carrying her into a car on February 21. We were told that she was sick, but we doubt it,” a neighbour said. Dhanusha police arrested Dilip Kumar on suspicion of killing Sneha on Saturday. Sneha’s mother, Sarita Devi, is at large. Police suspect Sneha was murdered by her parents and she was taken to India on the pretext of treatment and cremated her body. Dilip Kumar had telephoned at his home in Sahidnagar-2 to inform about Sneha’s death in India during treatment. “We started our search for Dilip Kumar after locals informed us about the girl’s death. We arrested him from his in-laws house in Siraha,” said DSP Prawin Dhital. “There is a room for suspicion the way Dilip Kumar and Sarita Devi cremated their daughter without knowing the cause of her death and they way they chose to remain out of contact.” Police have found bloodstains on the wall of the house where the family lived. The blood samples have been sent for lab test to confirm if it belonged to Sneha. चरम यातना दिएर छोरीको ‘हत्या’ गरेको आशंकामा धनुषा प्रहरीले जनकपुरका एक व्यक्तिलाई पक्राउ गरेको छ । आफ्नी १९ वर्षीया छोरीको हत्या गरी भारत लगेर अन्त्येष्टि गरेको आशंकामा प्रहरीले धनुषा सहिदनगर–७ का ४० वर्षीय दिलीपकुमार यादवलाई शनिबार पक्राउ गरेको हो । आमा भने फरार छिन् । काठमाडौंको नासा कलेजमा कक्षा १२ मा अध्ययनरत १९ वर्षीया स्नेहाकुमारी यादवलाई उनकै बाबुआमाले चरम यातना दिएर मारेको आशंका प्रहरीले गरेको हो । ‘छोरीलाई सम्झाउने क्रममा फागुन ८ गते साँझ ठूलो–ठूलो स्वरमा उनीहरूबीच झगडा भयो,’ घटनाको अनुसन्धान गरिरहेका धनुषा प्रहरीका एक अधिकृतले भने, ‘त्यही साँझ नै आमाबुवाको चरम यातनाले स्नेहाको मृत्यु भएको हाम्रो आशंका छ ।’ पक्राउ परेपछि स्नेहाका बाबु दिलीपले छोरी बिरामी रहेको र उपचारका लागि भारत लैजाने क्रममा बाटोमै मृत्यु भएपछि उतै दाहसंस्कार गरेको बताएका छन् । प्रहरीले भने स्नेहाको हत्या गरिएको दाबी गर्दै अुनसन्धानलाई त्यतै मोडेको छ । अनुसन्धान टिम यादवको जनकपुर–२ वकिल टोलस्थित डेरामा पुग्दा रगतका छिटा देखिएको प्रहरीले जनाएको छ । प्रहरीले त्यसलाई संकलन गरेर ल्याएको छ । ‘हामीले घरमा भेटिएको र देखिएका सबै प्रमाण संकलन गरेका छौं,’ अनुसन्धानका खटिएका एक प्रहरीले भने, ‘स्नेहाको मृत्युपछि घरका सबै सबुत–प्रमाण मेटाउने कोसिस भएको देखिन्छ ।’ कसरी भयो घटना ? कलेजले स्नेहाको विषयमा गुनासो गरेपछि दिलीप आफैं काठमाडौं पुगेर फागुन २ मा जनकपुर ल्याएका थिए । त्यसपछि स्नेहा र बाबु दिलीपबीच दिनहुँ झगडा भइरहन्थ्यो । ठूलो आवाज आउने गरी बाबुछोरीबीचको झगडाले स्थानीय बासिन्दा पनि आतंकित बनेका थिए । फागुन ८ गते साँझ पनि ठूलो स्वरमा झगडा भएको सुनिएको थियो । तर अर्को दिनदेखि त्यो घर सुनसान भएपछि स्थानीय बासिन्दा पनि सशंकित भए । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार साँझकै झगडाका क्रममा स्नेहाको मृत्यु भएपछि दिलीप दम्पती प्रमाण नष्ट गर्ने र शवलाई तह लगाउने योजना बुन्न थाले । भोलिपल्ट फागुन ९ गते साँझ बाबु दिलीप भाडाको गाडी लिएर डेरामा पुगे । अचेतलाई झैं काँधमा स्नेहालाई बोकेर गाडीमा हाले र भारततर्फ लागे । छिमेकीहरूले चासो राख्दा ‘स्नेहा बिरामी’ भएकाले उपचारका लागि भारतको दरभंगा लैजान लागेको बताए । धनुषा प्रहरीले भने स्नेहाको मृत्युु जनकपुरमै भइसकेको र बाबु दिलीपले प्रमाण नष्ट गर्न र घटना लुकाउन मृत शरीरलाई भारतमा लगेर जलाइदिएको दाबी गरेको छ । छोरीलाई उपचारको बहानामा भारत लगेका दिलीप उतैबाट फरार भए । आमा सरितादेवी पनि जनकपुरको डेरामा ताल्चा लगाएर फरार भइन् । छोरीको शव जलाएको चार दिनपछि दिलीपले भारतबाटै आफ्नो घर सहिदनगर–७ धबौलीमा फोन गरेर छोरीको मृत्यु भएको खबर गरेका थिए । छोरी मृत्यु भए पनि उनको घरमा जुठो बार्नेबाहेक अन्य संस्कार गरिएन । सधैं झगडा हुने घर सुनसान रहेको र बाबुआमासमेत सम्पर्कविहीन भएपछि स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए । ‘स्थानीयले खबर गरेपछि स्नेहाका बुवा दिलीपलाई खोज्न थाल्यौं,’ धनुषा प्रहरीका डीएसपी प्रवीण धितालले कान्तिपुरसँग भने, ‘बुवा–आमा दुवै फरार रहेको बुझिएपछि घटना शंकास्पद रहेको देखियो ।’ धितालका अनुसार बिरामी छोरीलाई उपचारका लागि भारत लैजाँदा बाटोमै मृत्यु भएको दिलीपले बताए पनि त्यसपछिका सबै कानुनी प्रक्रिया छलेका छन् । पोस्टमार्टमका लागि अस्पताल लगिएको छैन । बाबुविरुद्ध कर्तव्य ज्यान मुद्दा, अनुसन्धानका लागि म्याद थप मृत्यु भएलगत्तै हतार–हतार जलाइएको, बाबुआमा नै फरार भएको जस्ता शंकास्पद स्थितिका आधारमा पक्राउ परेका दिलीपविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । घटनापछि दिलीप सिरहास्थित ससुराली घरमा लुकेर बसेका थिए । उनलाई आइतबार जिल्ला अदालतमा पेस गरेर अनुसन्धानका लागि म्याद थप लिएको डीएसपी धितालले बताए । स्नेहालाई जलाउन बुवा दिलीपले भाडामा लिएको गाडीका चालकको प्रहरीले खोजी गरिरहेको छ । स्नेहा अध्ययन गर्ने नासा कलेजसँग पनि बुझिरहेको धनुषा प्रहरी स्रोतले जनाएको छ । दिलीप जनकपुर विद्युत् प्राधिकरणका कर्मचारी हुन् । प्रहरीका अनुसार स्नेहाको हत्या भएको केही दिनपछि दिलीप जनकपुर आएर कार्यालयमा हाजिरसमेत गरेको देखिन्छ । कार्यालयमा गयल भएको मितिको हाजिरसमेत गरेका दिलीपले जनकपुर आएको मौकामा छोरीको हत्यासम्बन्धी सबै प्रमाण नष्ट गर्न खोजेको प्रहरीको भनाइ छ । डीएसपी धितालले स्नेहाको शव जलाएको ठाउँबारे दिलीपसँग सोधपुछ भइरहेको बताए । स्नेहाको शव जलाएको ठाउँ र उनलाई बोकेर गएको गाडीका चालक फेला परेपछि घटनाका सबै रहस्य खुल्ने दाबी पनि धितालले गरे । Update ------- 3 sentenced jail for investigation in Sneha's murder | आफ्नै छोरीको हत्या आरोपमा बाबु सहित २ जना जेल चलान । District court Dhanusha has ordered jail term for Dilip Kumar Yadav and two others in involvement of murder of his own daughter Sneha Shah. 46 years old Radheshyam Yadav of Bideha Municipility also sentenced jail in involvement of Sneha's murder. आफ्नै १९ बर्षिया छोरीको हत्या आरोपमा पक्राउ परेका एक व्यक्ति सहयोगी सहित जेल चलान भएका छन् । धनुषा जिल्ला अदालतले सहिद्नगर गाउँपालिका-७ का ४० बर्षीय दिलिप कुमार यादव आफ्नै छोरी स्नेहा शाहको हत्या आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । अदालतले स्नेहाको हत्यामा सघाएको आरोपमा पक्राउ परेह ४६ बर्षीय राधेश्याम यादबलाई पनि जैले चान्को आदेश दिएको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None , None
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Rautahat , Local Newspaper - Chitwan , Local Newspaper - Dhanusha

0 Comments