Incident Reports

सनम शाक्यको घटना सेलाउन नपाउँदै अर्का व्यवसायीको अपहरणपछि हत्या, दुर्इ जना समातिए

2018-03-12

Province 1, Ilam, Rong, Ward 3

तस्करीको साढे ३३ केजी सुन गायब भएपछि हत्या गरिएको सनम शाक्यको घटना सेलाउन नपाउँदै झापाका अर्का सुन व्यवसायीको अपहरणपछि हत्या भएको छ । एक साताअघिदेखि बेपत्ता बनेका सुन व्यवसायी साजन मुखियाको शव सोमबार इलामको रोङ गाउँपालिका–३, कोल्बुङमा भेटिएको हो । उनी सुन व्यवसायी संघ, झापाका सदस्य समेत हुन् । संघका झापा अध्यक्ष राजु धमलाले अनलाइनखबरलाई दिएको जानकारीअनुसार उनको शव मेची राजमार्गदेखि ५० फिट तल बोरामा प्याक गरिएको अवस्थामा फेला पारिएको हो । स्रोतका अनुसार घटनामा संलग्न भएको आशंका प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय, बिर्तामोडका डिएसपी कृष्ण कोइरालाले पनि उनको शव भेटिएको पुष्टि गरे । शवलाई पोष्टमार्टम गर्नका लागि भद्रपुर लगिएको छ । पक्राउ परेकाहरुले दिएको बयानका आधारमा मुखियाको शव खोज्दै प्रहरी टोली कोल्बुङ पुगेको थियो । एक जना प्रहरी अधिकारीले भने, ‘उनको दुवै हात बाँधेको अवस्थामा शव भेटिएको थियो । घाँटीमा पनि डोरी कस्सिको डाम देखिन्थ्यो ।’ मुखिया ९ दिनअघि बजार पुगेर आउँछु भन्दै घरबाट निस्किएका थिए । त्यसयता उनी बेपत्ता थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media , Local Newspaper - Jhapa

0 Comments

Related Reports