Incident Reports

​गाउँपालिका अध्यक्षको गाडी मुनि प्रेसर कुकर बम

2018-03-12

Gandaki, Parbat, Kushma, Ward 1

पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी मुनि खतराको संकेत सहित राखिएको अवस्थामा प्रेसर कुकर बम भेटिएको छ । गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लको घर कुश्मा नगरपालिका –१, पाङ सहस्रधारामा रोकेर राखेको बा १६ च २५२६ नम्बरको गाडी मुनि प्रेसरकुकर बम भेटिएको हो । कालीगण्डकी क्रसर उद्योगका सञ्चालक समेत रहेका मल्लको सोमबार राति नै क्रसरको सामग्री उत्खनन क्षेत्र कालीगण्डकी नदी किनारको खनियाघाटमा जेसिबी कम्पनीको डोजरमा समेत आगजनी भएको छ । झण्डै १ करोड मूल्य बराबरको डोजरमा नचिनेको मान्छेको समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । काठमाडौंमा विशेष कामको शिलशिलामा रहेका मल्लले आफूलाई कसैले पनि घटनाबारे जानकारी नगराएको बताउनुभयो । अहिले नेपाल प्रहरीको टोली घटनास्थलमा पुगे लगत्तै बम डिस्पोजका लागि बागलुङबाट नेपाली सेनाको डिस्पोजल टोली बोलाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक दिलिप घिमिरेले जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Symbolic violence
Secondary Form Arson
Weapons Improvised explosive device (IED) , Fire , Improvised explosive device (IED) , Fire
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Unclear , Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Totally damaged Vehicles 1
National/Online Media

0 Comments